नियम ३
कोषको लगानी नीति
कोषले लगानी गर्दा लगानीको सुरक्षा, तरलता तथा त्यसबाट प्राप्त हुने लाभांश वा प्रतिफल समेतलाई ध्यानमा राखी देहायका क्षेत्रहरूमा लगानी गर्न सक्नेछ –
(क) नगर विकाससँग सम्बन्धित निकाय आफैंले संचालन गरेको वा बैंक वा वित्तीय संस्थाहरूसँग मिली कन्र्सोटीयम वा ब्रिज फाइनान्सिङमा संचालन गर्ने आधारभूत सामाजिक सेवा र आयमूलक आयोजनामा लगानी गर्न,
(ख) नेपाल सरकारले जारी गरेको ऋणपत्र वा धितोपत्र खरिद गर्न,
(ग) बैंक, वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, डिवेन्चर तथा अन्य कुनै किसिमको ऋणपत्र खरिद गर्न ।